युरोप पठाउने नाममा १५ करोड ठगी: चितवनका राजसहित कास्कीका २ जना पक्राउ
पाेखरा | जेठ ३१, २०८१
पोखरा: कम्बोडिया, न्यूजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाउने भन्दै ३ सय जना भन्दा बढी व्यक्तिहरुबाट करिब १५ करोड रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१८ घर भई हाल काठमाडौंको टोखा नगरपालिका बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिका–८ घर भई पोखरा महानगरपालिका–९ लखनचोक बस्ने २२ वर्षीय नवीन विक र कास्की पोखरा महानगरपालिका–८ घर भई चितवन भरतपुर महानगरपालिका–८ बस्ने २३ वर्षीय पवन पन्त रहेका छन् ।
उनीहरुले फेसबुक, म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक संजालमा फेक आइडि प्रयोग गरी वैदेशिक रोजगारीमा कम्बोडिया, न्यूजिल्याण्ड, फ्रान्स लगायतका देशहरूमा पठाइदिने र आकर्षक तलब, भत्तासहितको व्यवस्था हुने भन्दै विज्ञापन सार्वजनिक गरी सम्पर्कमा आएका व्यक्तिहरूलाई ठगी गर्ने गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घर, व्यापार, व्यवसायको कारोबार गर्ने कार्यालयमा मासिक ३० देखि ४० हजार रूपैयाँसम्म तलब हुने एकाउन्टेन्टको जागिर दिएका व्यक्तिहरूको बैंक खातामा विदेश जान सम्पर्कमा आएका मानिसहरूबाट रकम जम्मा गर्न लगाई उक्त रकमहरू चेकबाट निकाल्न लगाएर राजकुमार लगायतलाई भेटेर नगदै तथा विभिन्न खाताहरूमा ट्रान्जेक्सन गर्न लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरूले भिसा प्रोसेसिङ भइरहेको भन्दै भिसा, वर्क पर्मिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका फेक कागजातहरू देखाई टिकट र डलर साट्ने भन्दै प्रति व्यक्ति ५ लाख देखि १० लाखका दरले रकम उठाएर सम्पर्क विहिन हुने गरेको र विगत ३/४ वर्ष देखि हालसम्म १५ करोड भन्दा बढी रकम ठगी गरेको खुल्न आएको प्रहरीको निष्कर्ष छ ।
हाल पक्राउ परेको उनीहरुविरुद्ध ठगी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

